
बचपन खेल्दै बित्छ,
जवानी प्रेममै भुलिन्छ,
वयस्क काम गर्दै बित्छ,
तर बुढ्यौली घिस्रिँदै बित्छ।
शरीर कमजोर हुँदै जाने,
आँखाले कम देख्ने,
कानले कम सुन्ने,
डिमागले बिर्सदै जाने,
हिँड्न गाह्रो हुने,
जिउ दुख्ने,
रिँगटा लाग्ने,
रिस उठ्ने,
धन्दा लाग्ने,
चिन्ताले सताउने,
कन्जुस हुँदै जाने,
निद्रा नआउने,
खान नरुचाउने।
कहीं जान मन नलाग्ने,
कोही आएको मन नपर्ने,
घरको कुनामा बसिरहने
,टोलाएर हेरीरहने,
कहिले माथि कहिले तल,
एउटा कोठावाट अर्कों कोठा,
चिड़ियाघरको खोर भित्रको भालु जस्तो !
समय बिताउन मुस्किल,
मिनेट घण्टा हुने,
एक दिन एक वर्ष लाग्ने।
धन सम्पत्तिको मोह रहिरहने,
जीवन दुःखसागर पौडिरहने।
सुन छ,
खानु भएन,
हिरा छ निल्नु भएन,
महल छ,
निद्रा लाग्दैन।
मिठो खाना विष हुन्छ,
छोराछोरीले वास्ता गर्दैन,
बुहारीले टेर्दैन,
नातीनातिनाले मतलब राख्दैन,
वृद्धाश्रम जान मन लाग्दैन।
घरैमा बसेर रून मात्र मन लाग्ग्ने।
बिगतमा भबिस्यबारे सोच्न सकिन,
भक्ति र ध्यानमा हराउन जानेन,
आस्थाले तर्कलाई जित्न सकेन,
मनले शान्ति खोज्न सकेन,
अन्तरमनको आवाज सुन्न सकेन।
त्यसैले होलाशिवनाथ डोग्रा- खप्तद बाबा भएको !
नरेन्द्रनाथ दत्त- स्वामी बिबेकानन्द बनेको !
मुकुन्द लाल घोष- परमहंस योगान्नद बनेको !
गदाधर चट्टोपाध्याय- स्वामी रामकृष्ण बनेको !
अञ्जेजे गोन्जे – मदर टेरेसा बनेको !
लालकाजी शाक्य- भिक्षु अमृतानन्द बनेको !
अनी सिद्धार्थ गौतम बुद्ध बनेको।
राज्य त्यागेर शान्ति खोजेको,
संसार छोडेर सत्य खोजेको।
मानिस दूरदर्शी होइन, अल्पदर्शी प्राणी रहेछ ;
किनकी बुढ्यौलीले यही सिकाउँछ,
“जीवनको सन्ध्याकाल शान्त,
शितल र सुन्दर बनाउन पहिले नै सिकौँ।”
८ कत्तिक २०८३ आईतबार
( शाक्यको यो रचना हामीले सामाजिक संञ्जाल फेसबुकबाट लिएका हौं) -सम्पादक
























