हेडलाईनसमाचारगण्डकी

लमजुङमा आगलागी हुंदा एक लाखको क्षति

• विजय अधिकारी ( संवाददाता ) लमजुङ, ४ कात्तिक २०८३ बुधबार । लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट अचानक आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ।

गए राति स्थानीय सुकमाया श्रेष्ठको दुईतले पक्की घरको भान्साकोठामा बालिएको दियोबाट आगो सल्किँदा भान्साका सामान जलेर नष्ट भएका हुन्।आगलागीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगलागीबाट भान्साकोठामा रहेका भाँडावर्तन तथा फर्निचरका सामान जलेर नष्ट भए पनि कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।एउटा दियोको असावधानीले ठूलो क्षति निम्त्याउन सक्ने यो घटनाले चाडपर्वमा आगोको प्रयोग गर्दा सतर्कता अपनाउनुपर्ने आवश्यकता फेरि उजागर गरेको छ। प्रहरीले दियो, मैनबत्ती तथा विद्युतीय बत्ती बाल्दा विशेष सावधानी अपनाउन र आगलागीको जोखिमबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button