प्रहार समाचार । तनहुँ, २६ असोज २०८३ सोमबार । तनहुँको ऋषिङ गाउँपालिकामा रहेका मानसिक असन्तुलन भएका दुई व्यक्ति र सहारा आवश्यक पर्ने चार ज्येष्ठ नागरिकलाई सोहि पालिकामा रहेको झुलबहादुर आले स्मृति प्रतिष्ठानले आज खाद्यान्न लगायतका सामाग्री सहयोग गरेको छ ।

प्रतिष्ठानले सामाजिक उत्तरदायित्व सम्झेर समस्यामा परेका ति व्यक्ति हरुले पनि चाड पर्व मनाउन भन्ने उद्देश्यले सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष कमल बहादुर आलेले बताए । उनिहरुलाई खाद्यान्नसहित विद्युतीय चुलो सहयोग गरिएको हो । छ

ऋषिङ गाउँपालिका–७ मा रहेको आर्थिक तथा सामाजिक रूपमा समस्यामा परेका नागरिकलाई लक्षित गरी ३१ हजार ५०० रुपैयाँ बराबरका सामग्री वितरण गरेको हो। प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले दुई घरपरिवारका मानसिक असन्तुलन भएका दुई व्यक्ति तथा सहारा आवश्यक पर्ने चार ज्येष्ठ नागरिकलाई खाद्यान्न र विद्युतीय चुलो हस्तान्तरण गरिएको जनाए। दैनिक जीवनयापनमै कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरी गरिएको सहयोगले उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न र जीवनयापन सहज बनाउन केही राहत पुग्ने अपेक्षा गरिएको छ।

सहयोग वितरणसँगै अध्यक्ष आलेले असहाय नागरिकको पालनपोषण र संरक्षणको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने माग गरेका छन्। विपन्न, असहाय र सहाराविहीन नागरिकको जीवनस्तर सुधार्ने दायित्वबाट स्थानीय सरकार पन्छिन नहुने उनको भनाइ छ। सामाजिक सेवाका नाममा गरिने व्यक्तिगत तथा संस्थागत सहयोगले तत्काल राहत दिए पनि दीर्घकालीन संरक्षणका लागि स्थानीय सरकारले प्रभावकारी व्यवस्था गर्नुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ।
























