हेडलाईनसमाचारगण्डकी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनाग्रस्त : २३ घाइते

प्रहार समाचार । पोखरा, २३ असोज २०८३ शुक्रबार ।कास्कीको पोखरा महानगरपालिका–२८ स्थित ओख्ले भीरमा विद्यार्थी बोकेको स्कुल बस सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको छ ।

सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग२ख १४१७ नम्बरको बस आज बिहानै दुर्घटनामा परेको हो । दसैँ बिदाअघि परीक्षा दिन तथा ट्युसन पढ्न हिँडेका विद्यार्थी दुर्घटनामा परेका हुन् । प्रारम्भिक विवरणअनुसार बसमा चालक र सहचालकसहित २५ जना सवार थिए, जसमध्ये २१ जना कक्षा १० का विद्यार्थी रहेको बताइएको छ ।दुर्घटनाको खबरलगत्तै स्थानीय बासिन्दा र नेपाल प्रहरीसहितका सुरक्षाकर्मी उद्धारमा जुटेका छन् । प्रारम्भिक जानकारीअनुसार उद्धार गरिएका १८ जनाभन्दा बढीलाई उपचारका लागि पोखरास्थित अस्पताल पठाइएको छ ।

यसअघि पाँच जनालाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको विवरण प्राप्त भएको थियो । भीर अप्ठ्यारो र जोखिमपूर्ण रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटनामा मानवीय क्षति भए–नभएको यकिन विवरण सार्वजनिक भइसकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेकाले घाइतेको सङ्ख्या, उनीहरूको अवस्थासहित दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । विद्यार्थी बोकेको बस जोखिमपूर्ण भीरबाट खसेको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ । प्रहरीले उद्धार कार्यलाई प्राथमिकता दिँदै घटनाबारे थप विवरण सङ्कलन गरिरहेको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button