प्रहार समाचार । काठमाडौं, २१ असोज २०८३ बुधबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै महमद जब्बार दिन मिया (मुन्ना) ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

उनले ‘प्रत्येकको सम्मान, परिवर्तनको संकल्प, समृद्ध नेपालका लागि सफल कांग्रेस अबको विकल्प’ भन्ने नारासहित महाधिवेशन प्रतिनिधिसमक्ष आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै मतदानमार्फत विजयी बनाउन अपिल गरेका छन्। मिया (मुन्नाले) कांग्रेसको मूल आदर्श राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई केन्द्रमा राख्दै पार्टीलाई थप सुदृढ, समावेशी र जनमुखी बनाउने संकल्पसहित आफू मैदानमा आएको बताएका छन्।

उनको उम्मेदवारीले कांग्रेसभित्र मुस्लिम समुदायको प्रतिनिधित्व, सहभागिता र राजनीतिक भूमिकालाई समेत महाधिवेशनको बहससँग जोडेको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा हुँदै छ । ह मियाले महाधिवेशनलाई भव्य रूपमा सफल पार्न सबै प्रतिनिधिलाई आह्वान गरेका छन्। उनले आफूलाई मुस्लिमतर्फबाट केन्द्रीय सदस्य पदमा मतदान गरी विजयी बनाउन आग्रह गर्दै पार्टीको लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी राजनीतिको पक्षमा आफ्नो भूमिका रहने प्रतिबद्धता व्यक्त गरेका छन्।






















