हेडलाईनसमाचारबागमती

भोटेकोशी बाढीपीडितका लागि अमेरिकाबाट ७२ हजार डलर सहयोग, प्रवासमा बसेर पनि नेपालप्रतिको माया

प्रहार समाचार । काठमाडौं, २० असोज २०८३ मङ्गलबार । अमेरिकाको नर्थ क्यारोलिनामा रहेका नेपालीहरूको संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाले भोटेकोशी बाढीपीडितका लागि ७२ हजार अमेरिकी डलर सहयोग गरेको छ।

देश भीषण बाढीको चपेटामा परेर पीडित नागरिक राहत र उद्धारको पर्खाइमा रहेका बेला प्रवासमा रहेका नेपालीले मातृभूमिप्रतिको प्रेम भाषणमा मात्र होइन, व्यवहारमै देखाएका छन्। संस्थाका अध्यक्ष दधिन पाण्डेको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी उक्त रकमको चेक नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।अध्यक्ष पाण्डेको नेतृत्वमा नेपाली राजदूतावास पुगेको टोलीमा श्याम अर्याल, अन्जु, अभिषेक, पल्लवी, दिवाकर, अमल र सुमन सहभागी थिए। विपद्को पीडामा देश रोइरहेका बेला हजारौँ किलोमिटर टाढा अमेरिकामा रहेका नेपाली समुदायले आफ्नै देशका पीडितका लागि ठूलो रकम जुटाएर पठाउनु प्रवासी नेपालीको सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको अगाध प्रेमको उदाहरण बनेको छ।

राहतका नाममा हुने औपचारिकता र आश्वासनभन्दा यस्तो प्रत्यक्ष सहयोगले विपद्मा परेका नागरिकलाई वास्तविक राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। सहयोग हस्तान्तरणपछि वरिष्ठ लोक गायक एवम् अमेरिकाका लागि नेपालका पुर्व अवैतनिक महावांणिज्यदूत प्रेमराज महतले अध्यक्ष पाण्डेसहित अभियानमा जोडिएका सबैप्रति ह धन्यवाद व्यक्त गरेका छन्। उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र कार्यवाहक राजदूत शरद आरनप्रति पनि आभार प्रकट गरेका छन्।

भोटेकोशी बाढीले ठूलो क्षति पुर्‍याइरहेका बेला अमेरिकामा रहेका नेपालीले देखाएको यो सहयोगले नेपालबाट टाढा पुगे पनि नेपाली मन भने मातृभूमिसँगै रहेको प्रमाण दिएको छ। संकटका बेला प्रवासमा रहेका नेपाली संस्था र समुदायबाट हुने यस्ता सहयोगले राज्यको राहत अभियानलाई समेत बलियो बनाउने विश्वास गरिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button