हेडलाईनसमाचारबागमती

सशस्त्रका एआईजी दाहाल निलम्बित, चोलेन्द्र भेट प्रकरणले तान्यो अनुसन्धानको घेरामा

प्रहार समाचार । काठमाडौं, १९ असोज २०८३ सोमबार । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल निलम्बित भएका छन्।

संवेदनशील सुरक्षा सूचना चुहावटको आरोपमा मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले निलम्बनको पत्र सशस्त्र प्रहरी मुख्यालय पठाएको हो।पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई गोप्य रूपमा पक्राउ गरेलगत्तै दाहाल टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेपछि पक्राउको सूचना बाहिरिएको थियो।

राणाका नातेदारसमेत रहेका दाहालले पारिवारिक कारणले भेट्न गएको बताए पनि प्रहरी नेतृत्वले सूचना चुहावट उनकै माध्यमबाट भएको दाबी गर्दै आएको छ। रास्वपाका सांसद तथा अधिवक्ता यज्ञमणि न्यौपानेले पनि दाहाल निलम्बनमा परेको पुष्टि गरेका छन्। अब छानबिनले गोप्य पक्राउको सूचना कसरी बाहिरियो र त्यसमा एआईजी दाहालको भूमिका के थियो भन्ने प्रश्नको जवाफ खोज्नेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button