हेडलाईनसमाचारगण्डकीबागमती

कांग्रेस उपसभापतिमा तनहुँका गोविन्द भट्टराई को उम्मेदवारि : ‘इमान्दारिता, क्रियाशीलता र नैतिकता’लाई नेतृत्वको आधार बनाउने

प्रहार समाचार । काठमाडौं,१९ असोज २०८३ सोमबार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

भट्टराईले आफ्नो उम्मेदवारीलाई ‘इमान्दारिता, क्रियाशीलता र नैतिकता’सँग जोड्दै रुपान्तरित कांग्रेस निर्माणका लागि अनुभवी नेतृत्व आवश्यक रहेको बताएका छन्। २०५३ देखि २०५७ सम्म नेविसंघको अध्यक्ष रहेका भट्टराई हाल कांग्रेस केन्द्रीय सदस्य छन्। तनहुँ क्षेत्रनम्बर १ बाट महादेशन तिनिधिमा सम्मानजनक मत ल्याई विजयी भएका भट्टराई भट्टराईले आन्तरिक एकता कायम गर्दै बदलिँदो राजनीतिक परिस्थितिको सामना गर्न सक्ने कांग्रेस निर्माणका लागि आफूले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताए । उनले देश तथा विदेशबाट समेत कांग्रेसलाई बलियो र एकताबद्ध बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको सुझाव आएपछि त्यसलाई सम्मान गर्दै उम्मेदवारी घोषणा गरेको उल्लेख गरेका छन्। नेविसंघको नेतृत्वमा रहँदा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको र स्ववियु निर्वाचनमा नेविसंघले उल्लेख्य सफलता हासिल गरेको विवरण पनि सार्वजनिक स्रोतमा उल्लेख छ।

कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीका आकांक्षी बढिरहेका बेला भट्टराईको उम्मेदवारीले उपसभापति पदको प्रतिस्पर्धालाई थप फराकिलो बनाएको छ। महाधिवेशनमा नेतृत्व संरचना परिवर्तन तथा पदाधिकारी संख्या विस्तारको प्रस्तावसमेत अघि बढेको छ भने औपचारिक प्यानल नबनाई प्रतिनिधिलाई आफ्नो रोजाइका उम्मेदवार चयन गर्न दिने विषय पनि चर्चामा छ। यस्तो अवस्थामा भट्टराईले अघि सारेको इमान्दारिता, क्रियाशीलता र नैतिकताको राजनीतिक सन्देश मतदातासामु उनको मुख्य पहिचानका रूपमा प्रस्तुत भएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button