हेडलाईनसमाचारबागमती

नेपाली कांग्रेसको क्रियाशील सदस्यता ९ लाख ६९ हजार पुग्यो, चार वर्षमा थपिए करिब एक लाख

प्रहार समाचार । काठमाडौं, १९ असोज २०८३ सोमबार । नेपाली कांग्रेसको क्रियाशील सदस्यता ९ लाख ६९ हजार ८४२ पुगेको छ । १५औँ महाधिवेशनको मुखमा कांग्रेसले सार्वजनिक गरेको यो तथ्यांकले पार्टीको सांगठनिक आधार अघिल्लो महाधिवेशनको तुलनामा करिब एक लाखले विस्तार भएको देखाएको छ ।

प्रवक्ता देवराज चालिसेले सोमबार साँझ पत्रकार सम्मेलनमार्फत क्रियाशील सदस्यताको पछिल्लो विवरण सार्वजनिक गरेका हुन् । १४औँ महाधिवेशनमा कांग्रेसका करिब ८ लाख ७० हजार क्रियाशील सदस्य थिए । त्यसयता सदस्य संख्या ९९ हजार ८४२ ले बढेको हो । सदस्यता विस्तारलाई कांग्रेसले नयाँ पुस्तालाई पार्टीमा जोड्ने अभियानसँग जोडेको छ भने क्रियाशील सदस्यता नै पार्टीको तल्लो तहदेखि नेतृत्व चयनसम्म प्रभाव पार्ने महत्वपूर्ण आधार मानिन्छ । तर सदस्य संख्या बढेसँगै यसको राजनीतिक अर्थ र सांगठनिक प्रभावबारे कांग्रेसभित्र बहससमेत चर्किएको छ ।

महाधिवेशन प्रतिनिधि चयनदेखि केन्द्रीय नेतृत्व छनोटसम्म क्रियाशील सदस्यको भूमिका रहने भएकाले झण्डै १० लाखको सदस्यता संख्या अब कांग्रेसको संगठन विस्तारको तथ्यांक मात्र नभई आगामी नेतृत्व र नीतिको आधारसमेत बन्ने देखिएको छ । कांग्रेसले १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै नीति र संरचना सुधारको अधिवेशन बनाउने बताउँदै आएको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button