हेडलाईनव्याससमाचारगण्डकी

हारलाई सहज रूपमा स्वीकार्दै वाग्लेको अपिल : कांग्रेसलाई एकढिक्का बनाएर अघि बढौँ

प्रहार समाचार । तनहुँ, १७ असोज २०८३ शनिबार । नेपाली कांग्रेस तनहुँ निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न महाधिवेशन प्रतिनिधि निर्वाचनमा पेशागत विषय विज्ञतर्फ उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले सम्मानजनक मत प्रदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै विजयी प्रतिस्पर्धी रविन्द्रसहित सबै उम्मेदवारलाई बधाई दिएका छन्।

निर्वाचनको परिणामलाई स्वाभाविक रूपमा स्वीकार गर्दै उनले कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धालाई अब संगठन सुदृढ गर्ने दिशामा रूपान्तरण गर्नुपर्ने बताएका छन्।वाग्लेले नेतृत्व छनोटको सर्वोत्तम विधि निर्वाचन नै भएकाले निर्वाचनमा विजयी र पराजित दुवै पक्षले परिणामलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक अभ्यासका रूपमा लिनुपर्ने बताएका छन्।

उनले आफूलाई मत दिने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विजयी उम्मेदवारलाई सफल कार्यकालको शुभकामना दिएका छन्।उनले निर्वाचनमा पराजित भएका साथीहरूलाई निराश नभई परिणामलाई सहज रूपमा स्वीकार गरेर नेपाली कांग्रेसलाई सांगठनिक रूपमा अझ सशक्त बनाउन सबै एकढिक्का भएर अघि बढ्न आग्रह गरेका छन्। आन्तरिक प्रतिस्पर्धा सकिएपछि अब विभाजन होइन, संगठन निर्माण र पार्टी सुदृढीकरणमा केन्द्रित हुनुपर्ने सन्देश दिँदै वाग्लेले ‘जय नेपाल’ भनेका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button