हेडलाईनसमाचारबागमती

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस नवलपुरमा दुर्घटनाग्रस्त :६ जनाको मृत्यु १० जना घाइते

प्रहार समाचार । नवलपुर, १७ असोज २०८३ शनिबार । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार रहेकामा २ जना सकुशल रहेको बताइएको छ।
दुर्घटनामा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ भने अन्य पाँच मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृती, बाजुराका पवन बुढा र प्रेम बम, ललितपुरका अनोज खत्री, बर्दियाका लालबहादुर कार्की, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकीसहित १० जना रहेका छन्।


दुर्घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बसमा फसेका तथा घाइते यात्रुको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button