हेडलाईनसमाचारगण्डकीमनोरञ्जनखेलकुद

गोरखाको पालुङटार नगरपालिकाद्वारा १२औँ लिगलिग दौड प्रतियोगिता गर्ने

प्रहार समाचार । गोरखा, १६ असोज २०८३ शुक्रबार । गोरखाको पालुङटार नगरपालिकाले ऐतिहासिक लिगलिगकोटको गौरव र पर्यटन प्रवर्द्धनलाई जोड्दै १२औँ लिगलिग दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यहि असोज २९ गते सञ्चालन गर्ने भएको छ। चेपे नदी र मर्स्याङ्दी नदीको दोभान चेपेघाटदेखि लिगलिगकोट दरबारसम्म १३ दशमलव ८ किलोमिटर दूरीमा हुने दौडलाई यस वर्ष विगतभन्दा थप व्यवस्थित र सहभागितामूलक बनाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ। दौडको तयारी, व्यवस्थापन र समन्वयलाई प्रभावकारी बनाउन नगरपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला तथा सम्बन्धित पक्षसँग सघन छलफल गरी ७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ।

समितिले राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, खेलाडी, युवा क्लब, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा सञ्चारमाध्यमबीच आवश्यक समन्वय गर्दै प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सहजीकरण गर्नेछ। नगर प्रमुख विवस चिन्तनका अनुसार लिगलिग दौडलाई केवल प्रतियोगितामा सीमित नराखी पालुङटार र समग्र गोरखालाई साहसिक खेलकुद तथा ऐतिहासिक पदमार्ग (Trail Running/Heritage Trek) का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

समुद्री सतहबाट करिब १ हजार ४ सय ३७ मिटर उचाइमा रहेको लिगलिगकोटसम्म हुने दौडले ऐतिहासिक सम्पदासँगै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीले दौड सफल बनाउन संघीय, प्रदेश र स्थानीय सरकारसहित सबै राजनीतिक दल, सुरक्षा निकाय, संघसंस्था, खेलाडी, निजी क्षेत्र, सञ्चारमाध्यम र नगरवासीको सक्रिय सहयोग आवश्यक रहेको बताएका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button