हेडलाईनसमाचारसुदुर पश्चिम

चाडपर्वमा सीमा अपराध र जुवातासविरुद्ध प्रहरीको कडा निगरानी, एसएसपी विष्टको निर्देशन

प्रहार समाचार । कञ्चनपुर, १७ असोज २०८३ शनिबार । नेपालीहरूको महान् चाड विजयादशमी तथा दीपावलीलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले कञ्चनपुरका सीमावर्ती प्रहरी कार्यालयहरूको अनुगमन गरी सीमा अपराध, लागुऔषध र जुवातास नियन्त्रणमा प्रहरीलाई कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका छन् ।

उनले इलाका प्रहरी कार्यालय बेलौरी, बेलडाँडी र त्रिभुवनबस्तीको अनुगमन गर्दै चाडपर्वका नाममा हुने गैरकानुनी गतिविधिमाथि कुनै सम्झौता नगर्न निर्देशन दिएका हुन् ।एसएसपी विष्टले सीमावर्ती नाकाबाट हुन सक्ने भन्सार छली, लागुऔषधको ओसारपसार तथा कारोबार नियन्त्रणमा थप कडाइ, जुवातास नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिए ।

चाडपर्वको समयमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि र सामाजिक विकृतिले शान्ति सुरक्षामा चुनौती थप्न सक्ने भन्दै उनले प्रहरीलाई सक्रिय, सतर्क र परिणाममुखी ढंगले परिचालन हुन आग्रह गरे । अनुगमनका क्रममा विष्टले प्रहरी आचरण र व्यावसायिक मर्यादा कायम राख्दै नागरिकमैत्री र निष्पक्ष प्रहरी सेवा प्रवाहलाई प्राथमिकता दिन निर्देशन दिए । प्रहरी सेवामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायको सहज पहुँच सुनिश्चित गर्न, स्थानीय तह र आम नागरिकसँग प्रभावकारी समन्वय गर्न तथा सीमावर्ती क्षेत्रमा भरपर्दो शान्ति सुरक्षा कायम गर्न उनले जोड दिए ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button