प्रहार समाचार । काठमाडौं, २८ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले अबिनाश विक्रम शाह निर्देशित नेपाली चलचित्र ‘तिनीहरू (Elephants in the Fog)’ ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) का लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएकोमा सम्पूर्ण टिमलाई बधाई दिएका छन्। तस्बिर : साङ्केतिक एआई

प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न लागेको चलचित्रको ओस्कार यात्राका लागि शुभकामना व्यक्त गर्दै नेपाली चलचित्र क्षेत्रका लागि यो गौरवको विषय भएको बताएका छन्।

उनले चलचित्रका निर्देशक अबिनाश विक्रम शाहसहित सम्पूर्ण कलाकार तथा प्राविधिक टिमलाई आगामी यात्राका लागि सफलताको शुभकामना दिएका छन्।प्रधानमन्त्री शाहले ‘तिनीहरू’ अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत रहेको समेत उल्लेख गरेका छन्। चलचित्रले ओस्कारको अन्तर्राष्ट्रिय यात्रासँगै नेपाली चलचित्रप्रति थप विश्वव्यापी चासो र पहिचान निर्माण गर्ने अपेक्षा गरिएको छ।

















