हेडलाईनसमाचारबागमतीसूचना प्रविधि

रसुवाको भोटेकोसी बाढीपछि खोज तथा उद्धार तीव्र, ७ हजार ८९२ प्रहरी परिचालन

प्रहार समाचार । काठमाडौ, १८ भदौ २०८३ बिहीबार । रसुवामा आएको भोटेकोसी बाढीपछि बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाल प्रहरीका अनुसार उद्धार तथा खोजीका लागि ७ हजार ८९२ जना प्रहरी परिचालन गरिएको छ।प्रहरीको पछिल्लो अपडेटअनुसार ६५ जना प्रभावित भएका छन् भने २५ जना सम्पर्कविहीन रहेको उल्लेख छ।

बाढीपछि ठूलो संख्यामा मानिस विस्थापित भएका छन्। हालसम्म स्वदेशी तथा विदेशी गरी ५ हजार ४५३ जनाको विवरण संकलन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ। यस्तै, बाढीबाट ज्यान गुमाएकामध्ये १ हजार २५२ जनाको शव फेला परेको विवरण सार्वजनिक गरिएको छ।

तीमध्ये बालक, बालिका, महिला र पुरुषसहित केही शवको पहिचान आंशिक वा अझै हुन बाँकी रहेको छ।शव पहिचानका लागि १ हजार १८३ मृतकको डीएनए नमुना संकलन गरिएको छ भने ५५१ जना आफन्तको नमुना लिइएको छ। बाढी प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूलाई होल्डिङ सेन्टरमा राख्ने व्यवस्था पनि गरिएको छ, जहाँ हालसम्म ३ हजार १२६ जना रहेको तथ्यांक छ।

बाढीपछि बेपत्ता तथा प्रभावितको खोजी, शव व्यवस्थापन र पहिचानको काम सुरक्षाकर्मी तथा सम्बन्धित निकायको समन्वयमा निरन्तर जारी रहेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button