आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

भोटेकोशी बाढीमा सम्पर्कविहीन चारजनाको खोजीका लागि आँबुखैरेनी गाउँपालिकाको प्रतिपरिवार २५ हजार सहयोग

प्रहार समाचार । तनहुँ, १८ भदौ २०८३ बिहीबार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म सम्पर्कविहीन रहेका चारजनाको खोजी कार्यमा सहयोग पुऱ्याउने उद्देश्यले सम्बन्धित परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

गाउँकार्यपालिकाले सम्पर्कविहीन प्रत्येक नागरिकका परिवारलाई २५ हजारका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। गाउँपालिकाका अनुसार भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेका नागरिकहरूको खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। खोजी कार्यलाई सहज बनाउन र विपद्को यस कठिन अवस्थामा परिवारलाई आवश्यक सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

आँबुखैरेनी गाउँपालिकाका अनुसार हालसम्म सम्पर्कविहीन रहेका चारजनामा आँबुखैरेनी–३ तनहुँका हरिचन्द्र खड्का, शहीद लखन गाउँपालिका–१ गोरखाका तथा हाल आँबुखैरेनी–३ बस्दै आएका पुकार थापा, गोरखा नगरपालिका–३ का तथा हाल आँबुखैरेनी–३ बस्दै आएका टेकबहादुर अधिकारी र गोरखा नगरपालिका–१४ का तथा हाल आँबुखैरेनी–३ बस्दै आएका डिलबहादुर पन्त क्षेत्री रहेका छन्। गाउँपालिकाले विपद्को यस घडीमा सम्पर्कविहीन नागरिकका आफन्त तथा परिवारजनलाई आशा र धैर्यधारण गर्न आग्रह गर्दै खोजी कार्यमा गाउँपालिका साथमा रहने प्रतिबद्धता जनाएको छ।

साथै खोजी तथा उद्धार, शव व्यवस्थापनलगायत विपद् व्यवस्थापनका कार्यमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको गाउँपालिकाले जनाएको छ।सम्पर्कविहीन नागरिक तथा घटनासम्बन्धी थप कुनै सूचना प्राप्त भएमा तत्काल गाउँपालिका कार्यालयलाई जानकारी गराइदिन पनि गाउँपालिकाले सर्वसाधारणमा अनुरोध गरेको छ। बाढीबाट प्रभावित तथा सम्पर्कविहीन नागरिकका परिवारलाई खोजी कार्यमा सहयोग पु¥याउन स्थानीय तहले आर्थिक तथा समन्वयात्मक भूमिका अघि बढाएको हो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button