हेडलाईनसमाचारभानुगण्डकी

गोरखापत्रका पूर्व महाप्रबन्धक उपाध्यायको निधन

प्रहार समाचार । तनहुँ, १८ भदौ २०८३ बिहीबार । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य वसन्तप्रकाश उपाध्यायको निधन भएको छ। तनहुँको भानु नगरपालिका–१ भन्सारपुल निवासी ५९ वर्षीय उपाध्याय गहवामाई मन्दिर परिसरमा अचेत अवस्थामा भेटिएपछि अस्पताल पुर्‍याइएका थिए। उपचारका क्रममा हिंजो चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी चक्रबहादुर मल्लका अनुसार उपाध्याय बुधबार बिहान वीरगञ्जस्थित गहवामाई मन्दिर परिसरमा अचेत अवस्थामा भेटिएका थिए। अचेत अवस्थामा भेटिएलगत्तै आदर्शनगर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागि अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याएपछि स्थानिय एक स्थानिय पत्रकारले उनि सङ्ग कुरा कानी गरेको भिडियो हिंजै सार्वतनिक भएको थियो । त्यस पछि उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार स्वास्थ्य अवस्था अस्थिर भएपछि उपाध्यायले यसअघि सिमरा म्युनिसिपल अस्पतालमा उपचार गराइरहेका थिए। चिकित्सकको थप उपचारका लागि सिफारिसपछि उनलाई मंगलबार साँझ वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो। बुधबार बिहान अस्पतालमा कसैलाई जानकारी नदिई उनी गहवामाई मन्दिर दर्शनका लागि बाहिरिएका थिए। केही समयपछि उनी मन्दिर परिसरमा अचेत अवस्थामा भेटिएका हुन्।उपाध्यायले गोरखापत्र संस्थानको महाप्रबन्धकका रूपमा जिम्मेवारी सम्हाल्नुका साथै संस्थानको सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरेका थिए।

पत्रकारिता तथा प्रकाशन क्षेत्रमा समेत उनको योगदान रहेको थियो। उनले गोरखापत्र संस्थानबाट प्रकाशित हुने मासिक प्रकाशन ‘मधुपर्क’, ‘युवामञ्च’ र ‘मनोरमा अप्सरा’को सम्पादनसमेत गरेका थिए। गोरखापत्र संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलले उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन्। रावलले गोरखापत्र संस्थानको विकास र प्रकाशन क्षेत्रमा उपाध्यायले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने उल्लेख गर्दै दिवंगत उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button