हेडलाईनसमाचारगण्डकी

तीजको दरभन्दा बाढीपीडितको पीडा ठूलो, लमजुङको शान्ति आमा समूहले दियो बाढीपीडितलाई ५० हजार

• विजय अधिकारी (संवाददाता) लमजुङ, १२ भदौ २०८३ शुक्रबार । हरितालिका तीजमा दर खाने रकम छुट्याएर लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित श्री शान्ति आमा समूहले बाढीपीडित नेपालीका लागि सहयोग गरेको छ । समूहले तीजको दर खाने कार्यक्रमका लागि छुट्याएको ५० हजार रुपैयाँ विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले शुक्रबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

श्री शान्ति आमा समूहले विगतदेखि नै तीजको अवसरमा सामूहिक दर खाने कार्यक्रम गर्दै आएको थियो । तर यस वर्ष रसुवाको भोटेकोशीलगायत विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि समूहले उत्सवलाई प्राथमिकता नदिई दर खाने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको समूहकी पूर्वअध्यक्ष इन्द्रा खड्काले प्रहार अनलाइनलाई जानकारी दिइन् ।खड्काका अनुसार विपद्का बेला दर खाएर रकम खर्च गर्नुभन्दा पीडामा रहेका नेपाली नागरिकको उद्धार र राहतमा थोरै भए पनि योगदान गर्नु उचित ठानेर रकम राहत कोषमा जम्मा गरिएको हो ।

“तीजमा दर खाने कार्यक्रम गरेर खर्च गर्नुभन्दा यो दुःखद् समयमा विपद्मा परेका नेपाली नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने पवित्र उद्देश्यले रकम राहत कोषमा जम्मा गरेका हौं,” उनले भनिन् ।आफ्नो खुसी र उत्सवलाई केही समयका लागि थाती राख्दै पीडित नागरिकको दुःखमा साथ दिने शान्ति आमा समूहको निर्णयले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ । विपद्का बेला व्यक्तिगत तथा सामूहिक उत्सवभन्दा पीडितको जीवनरक्षा र राहतलाई प्राथमिकता दिएको भन्दै समूहको यस कार्यको स्थानीयस्तरमा प्रशंसा भएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button