हेडलाईनसमाचारगण्डकीम्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाका जनप्रतिनिधि–कर्मचारीले पाँच दिनको तलब विपद् कोषमा दिने

प्रहार समाचार । तनहुँ, १२ भदौ २०८३ शुक्रबार । तिब्बतबाट सुरु भएको विनाशकारी बाढीका कारण देशभर जनधनको ठूलो क्षति भइरहेका बेला तनहुँको म्याग्दे गाउँपालिकाले विपद् प्रभावितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग घोषणा गरेको छ। गाउँपालिकाको १९३औँ कार्यपालिका बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५ लाख सहयोग गर्ने निर्णय गरेको हो।

गाउँपालिकाले विपद्को विषम परिस्थितिमा राज्य संकटमा परेको उल्लेख गर्दै गाउँपालिकामा कार्यरत सम्पूर्ण पदाधिकारी तथा कर्मचारीको आ–आफ्नो पाँच दिनको तलब बराबरको रकमसमेत सोही कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ। गाउँपालिकाको निर्णयले विपद्का बेला राज्यलाई सहयोग गर्ने र पीडित नागरिकको राहतमा आफ्नो भूमिका बढाउने सन्देश दिएको छ।बाढीका कारण हजारौँ नागरिक आधारभूत आवश्यकताबाट समेत वञ्चित भएको भन्दै गाउँपालिकाले संकटको यस घडीमा सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेको छ।

गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा, औषधि तथा उपचार, स्वच्छ पानी र सरसफाइ सामग्रीका साथै आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।गाउँपालिकाले राहत तथा उद्धार अभियानमा स्वयंसेवा र श्रमदानमार्फत समेत सहयोग गर्न सकिने जनाएको छ। “तपाईंको सानो सहयोगले कसैको जीवन बचाउन सक्छ” भन्ने सन्देशसहित म्याग्दे गाउँपालिका परिवारले संकटको समयमा एकजुट भएर पीडित नागरिकको जीवनरक्षामा सहयोग गर्न आह्वान गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button