हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

चिनको सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प

प्रहार समाचार । चिन, १२ भदौ २०८३ शुक्रबार । । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। चीन भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे लोङचाङ सहरलाई केन्द्र बनाएर भूकम्प गएको हो।

सीईएनसीका अनुसार भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्प जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा गएको जनाइएको छ। भूकम्पको धक्का महसुस भएपछि स्थानीय क्षेत्रमा केही समय त्रास फैलिएको भए पनि प्रारम्भिक विवरणअनुसार ठूलो क्षति भएको जानकारी सार्वजनिक भएको छैन।

चिनियाँ सञ्चारमाध्यमका अनुसार भूकम्पबाट भएको सम्भावित भौतिक क्षति तथा अन्य प्रभावको विवरण संकलन भइरहेको छ। हालसम्म भूकम्पमा परी मानवीय हताहती वा गम्भीर भौतिक क्षति भएको पुष्टि भएको छैन। सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्थाबारे निगरानी तथा प्रारम्भिक मूल्याङ्कन गरिरहेको जनाइएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button