हेडलाईनसमाचारबागमती

३३ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाको चेतावनी

प्रहार समाचार । काठमाडौं, १२ भदौ २०८३ शुक्रबार । देशका विभिन्न ३३ जिल्ला हुँदै बहने स–साना नदी तथा खोलामा आज बहाव उल्लेख्य बढ्ने सम्भावना देखिएपछि बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढीको जोखिम औँल्याएको छ।

महाशाखाका अनुसार आज पाँचथरदेखि अछामसम्मका विभिन्न जिल्लामा साना नदीको बहाव बढ्नुका साथै आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। जोखिममा रहेका जिल्लामा पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, दैलेख र अछाम रहेका छन्।जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले नदी किनार, खोला आसपास तथा तल्लो तटीय क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेको छ।

विशेषगरी साना नदी तथा खोलामा पानीको सतह छोटो समयमै बढ्न सक्ने भएकाले सामान्य अवस्थाजस्तो ठानेर जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।महाशाखाले वर्षाको अवस्था र नदीको बहावमा हुने परिवर्तनलाई ध्यानमा राख्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। आज (२०८३ भदौ १२ गते) आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले खोला तथा नदी तर्दा विशेष सावधानी अपनाउन र जोखिमको संकेत देखिए तत्काल सुरक्षित स्थानमा सर्नुपर्नेमा जोड दिइएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button