हेडलाईनसमाचारगण्डकी

लमजुङ शिक्षक परियारको मोटरसाइकलमा मध्यराति आगजनी, दोषीमाथि कारबाहिको माग

• विजय अधिकार ( संवाददाता ) लमजुङ, ४ भदौ २०८३ बिहीबार । बेँसीशहर नगरपालिका–३ गाउँशहरमा लमजुङका शिक्षक प्रेम परियारको घर परिसरमा पार्किङ गरी राखिएको मोटरसाइकलमा अज्ञात व्यक्तिले आगजनी गरेका छन्। बुधबार राति करिब १०ः३५ बजे पार्किङमा राखिएको GA 12 PA 6753 नम्बरको मोटरसाइकलमा आगो लगाइएको हो।

आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको शिक्षक परियारले प्रहार अनलाइनलाई बताएका छन्। परियारका अनुसार विगत नौ वर्षदेखि निरन्तर प्रयोग गर्दै आएको उक्त मोटरसाइकल उनका दैनिक जीवन, यात्रा र व्यक्तिगत सम्झनासँग जोडिएको थियो। आगजनीपछि सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया दिँदै उनले भनेका छन्, “बाइक मात्र जलेको छैन, यससँग जोडिएका ९ वर्षका सम्झनाहरू पनि जलेका छन्।” घर परिसरमै पार्किङ गरिएको सवारीसाधनमा आगो लगाइएको घटनाले आफूलाई गम्भीर रूपमा दुःखी बनाएको उनको भनाइ छ। घटनास्थल आसपासबाट शङ्कास्पद अवस्थामा जुत्ता, चप्पल र एक थान झोला समेत फेला परेको जनाइएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान भने हालसम्म खुलेको छैन। घटनास्थलमा भेटिएका सम्भावित प्रमाणलाई आधार बनाएर प्रहरीले घटनाको सूक्ष्म तथा निष्पक्ष अनुसन्धान गरी आगजनीमा संलग्न व्यक्तिलाई तत्काल पहिचान गरेर कानुनी कारबाही गर्नुपर्ने शिक्षक परियारको माग छ।

मोटरसाइकलमा भएको आगजनीले व्यक्तिगत सम्पत्तिमाथि असुरक्षाको प्रश्न मात्र नभई गाउँशहरको शान्ति सुरक्षामाथि समेत गम्भीर प्रश्न उठाएको स्थानीयको भनाइ छ। स्थानीय बासिन्दाले घटनालाई सामान्य रूपमा नलिई आगजनीको वास्तविक कारण पत्ता लगाउन तथा दोषीलाई कुनै पनि हालतमा उम्कन नदिई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेका छन्। घटनाको कारण र आगजनीमा संलग्न व्यक्तिबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button