हेडलाईनव्याससमाचारगण्डकी

सडक पेटी अतिक्रमण हटाउन तनहुँको व्यास नगरपालिकाको अन्तिम चेतावनी

प्रहार समाचार । तनहुँ, २ साउन २०८३ मङ्गलबार । व्यास नगरपालिकाले सडक पेटी तथा सार्वजनिक आवागमनमा अवरोध पुग्ने गरी निर्माण गरिएका संरचना हटाउन घरधनी तथा सम्बन्धित पक्षलाई अन्तिमपटक कडा चेतावनी दिएको छ। नगरपालिकाले पक्की संरचना, र्‍याम्प, सिँढी, बरन्डा तथा सडक अधिकार क्षेत्रभित्र पर्ने टिनका छज्जालगायतका संरचना आफैं हटाउन आजबाट सात दिनको समय दिएको हो।

यसअघि गत जेठ २५ गते पहिलोपटक ३५ दिने सूचना र साउन १ गते दोस्रोपटक १५ दिने सूचना प्रकाशित गरिएको थियो। तोकिएको समयसीमा सकिएपछि धेरै घरधनीले संरचना आफैं हटाए पनि केहीले अझै नहटाएको नगरपालिकाले जनाएको छ। त्यस्ता घरधनी तथा सम्बन्धित पक्षलाई व्यक्तिगत रूपमा समेत पत्राचार गरिएको छ। नगरपालिकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अनिवार्य रूपमा संरचना हटाउन भनेको छ। तोकिएको समयभित्र संरचना नहटाए नगरपालिकाले आफैं हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित घरधनी वा पक्षबाट असुलउपर गर्ने चेतावनी दिएको छ।

त्यसका साथै नगरपालिकाले प्रचलित कानून तथा नगर कार्यपालिकाको निर्णयबमोजिम आवश्यक कानूनी कारबाहीसमेत अघि बढाउने जनाएको छ।नगर कार्यपालिकाको २०८३ जेठ २२ गते बसेको २३८औँ नियमित बैठकको निर्णयअनुसार यो अभियान अघि बढाइएको हो। प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालद्वारा हस्ताक्षरित सूचनामा सडक पेटी र सार्वजनिक आवागमन सहज बनाउन सबै सम्बन्धित पक्षलाई अन्तिम पटक सचेत गराइएको हो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button