हेडलाईनसमाचारबागमती

मुख्य न्यायाधीशसहित ६ सवार स्कारपियो दुर्घटना : एकको अवस्था गम्भीर

प्रहार समाचार । मकवानपुर, २ भदौ २०८३ मङ्गलबार । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा उच्च अदालत वीरगन्ज, पर्साका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार स्कारपियो दुर्घटनामा परेको हो । छ ।

मंगलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा दुई महिला र चार पुरुष गरी स्कारपियोमा सवार सबै ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको र अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरी टोलीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि भीमफेदी अस्पताल पुर्‍याएको थियो। घाइतेहरूको अवस्था हेरेर थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको नाम तथा अन्य विस्तृत विवरण भने खुल्न बाँकी छ। दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थल पुगेको थियो। दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत खटिएको छ। दुर्घटनामा परेको स्कारपियो कच्चाक कुचुक भएकोले घटनास्थलमै रहेको भए पनि सडकमा यातायात सञ्चालनमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button