लुम्बिनीहेडलाईनसमाचार

दुःखद् खबर : सम्पर्कविहीन कपिलवस्तुका पूर्वनगरप्रमुख सिंह जंगलमा मृत फेला परे

प्रहार समाचार । कपिलवस्तु, २४ साउन २०८३ आइतबार । अस्ति शुक्रबार २२ गते साँझदेखि सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह जंगलमा मृत फेला परेका छन्। साँझ करिब साढे ५ बजेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका सिंहको खोजी गर्ने क्रममा जंगलमा शव फेला परेको हो।

सिंह सम्पर्कविहीन भएपछि परिवारजन, आफन्त तथा स्थानीयले उनको खोजी सुरु गरेका थिए। लामो समयसम्म उनको अवस्था पत्ता नलागेपछि खोजीलाई तीव्र बनाइएको थियो। खोजीका क्रममा जंगलमा उनको शव फेला परेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाइएको छ।कपिलवस्तु नगरपालिकाको आधिकारिक अभिलेखअनुसार सिंह २०७४ देखि २०७८ सम्म नगरप्रमुखका रूपमा कार्यरत थिए। उनी नेपाली कांग्रेससँग आबद्ध नेता थिए।

नगरप्रमुखका रूपमा कार्यरत रहँदा सिंह स्थानीय विकास तथा नगरका विभिन्न सार्वजनिक विषयमा सक्रिय रहँदै आएका थिए। उनको निधनको खबरले कपिलवस्तुको राजनीतिक तथा सामाजिक क्षेत्रमा शोकको अवस्था सिर्जना भएको छ।सिंहको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन। जंगलमा शव भेटिएको घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएको छ। घटनास्थलको अवस्था, शव परीक्षण तथा अनुसन्धानबाट मात्रै मृत्युको वास्तविक कारण खुल्नेछ। प्रहरीले घटनाबारे थप तथ्य संकलन गरिरहेको जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button