हेडलाईनसमाचारबागमती

महानता जन्मजात होइन, सही बानी र व्यवहारबाट निर्माण हुन्छ : पण्डित पोखरेल

प्रहार समाचार । तनहुँ, २४ साउन २०८३ आइतबार । पण्डित दिनबन्धु पोखरेलले व्यक्ति महान जन्मिने नभई उसको दैनिक बानी, व्यवहार र जिम्मेवारीबोधले महान बनाउने बताएका छन्। उनले आफ्नो निजी विचार सार्वजनिक गर्दै महान व्यक्तिको जीवनलाई नियाल्दा उनीहरूमा केही साझा सकारात्मक बानी देखिने उल्लेख गरेका छन्।

सामाजिक संञ्जाल फेसबुक मार्फत आफ्नो धारण धारणा राख्दै उनले महान व्यक्तिहरू हरेक दिन केही नयाँ सिक्ने गर्छन् र उनीहरू आफू बोल्नुअघि अरूलाई सुन्छन्, अरूमाथि टीका–टिप्पणी गर्नुभन्दा पहिले आफ्नो व्यवहार नियाल्छन् र सानोभन्दा सानो जिम्मेवारीलाई समेत गम्भीरतापूर्वक लिन्छन्। आफ्नो गल्ती हुँदा बहाना बनाएर उम्किनेभन्दा त्यसलाई स्वीकार गरेर सुधारतर्फ अघि बढ्नु उनीहरूको विशेषता रहेको उनको भनाइ छ। उनले संसारले महान व्यक्तिको सफलताको परिणाम मात्र देख्ने गरेको तर त्यसको पछाडि वर्षौंसम्म निरन्तर दोहोरिएका स–साना बानी र व्यवहारलाई प्रायः नदेख्ने टिप्पणी गरेका छन्। पोखरेलले महानता एकैपटक ठूलो काम गरेर प्राप्त हुने उपलब्धि नभई एउटा सही कामलाई निरन्तर दोहोर्‍याउँदै जीवनको हिस्सा बनाउँदा प्राप्त हुने धारणा राखेका छन्।

पोखरेलले महान बन्न चाहने व्यक्तिले आजैदेखि एउटा राम्रो काम छनोट गरी त्यसलाई बानीका रूपमा विकास गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार सकारात्मक बानीलाई निरन्तरता दिँदै जीवनको वास्तविक हिस्सा बनाउन सके त्यसले व्यक्तिको चरित्र, व्यवहार र उपलब्धिमा परिवर्तन ल्याउँछ। महानताको आधार ठूलो प्रदर्शन नभई निरन्तर अभ्यास, आत्मअनुशासन र जिम्मेवारीबोध भएको उनको भनाइ छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button