व्यासहेडलाईनसमाचारगण्डकी

ट्र्याक्टर चलाउने क्रममा चालक एक्कासी बेहोस, दमौलीबाट गण्डकी अस्पताल पोखरा रिफर

प्रहार समाचार । तनहुँ, २० साउन २०८३ बुधबार । तनहुँको व्यास नगरपालिका–४ भोर्लेटार चोकस्थित भित्री सडकखण्डमा ट्र्याक्टर चलाउने क्रममा चालक एक्कासी बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज अपराह्न करिब ४ बजे सामान लोड गरी ट्र्याक्टर चलाउन लागेका चालक अचानक बेहोस भएका हुन्।

बेहोस हुने व्यक्ति चितवनको भरतपुर महानगरपालिका–१२ स्थायी घर भई हाल व्यास नगरपालिका–१० बैरेनी बस्दै आएका ५५ वर्षीय काले लामा तामाङ रहेको प्रहरीले जनाएको छ। उनी ग १ त ६३८२ नम्बरको ट्र्याक्टर सञ्चालन गर्ने क्रममा एक्कासी अचेत भएपछि तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो।

प्रदेश अस्पताल दमौलीमा सामान्य उपचारपछि स्वास्थ्य अवस्था थप उपचार आवश्यक देखिएकाले साँझ ६:३० बजे उनलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button