लुम्बिनीकोशीहेडलाईनमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीसूचना प्रविधि

आजको मौसम : मनसुन सक्रिय देशका धेरै क्षेत्रमा वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको चेतावनी

प्रहार समाचार । काठमाडौं, ८ साउन २०८३ शुक्रबार । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले हिमाली तथा पहाडी भूभागमा सामान्य बदली तथा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अवस्था बनेको छ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ।महाशाखाले दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानसँगै कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि मौसममा खासै सुधार नआउने महाशाखाको अनुमान छ। देशभर सामान्यदेखि पूर्ण बदली रहने, हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ।लगातारको वर्षासँगै नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। वर्षाका कारण सडक यातायात प्रभावित हुने, पहाडी क्षेत्रमा पहिरो र तराईमा आकस्मिक बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button