प्रहार समाचार । फ्रान्स।, ७ साउन २०८३ बिहीबार । फ्रान्सले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने कानून पारित गर्दै बालबालिकाको डिजिटल सुरक्षामा कडा कदम चालेको छ। फ्रान्सेली संसद्ले पारित गरेको उक्त कानून सन् २०२७ को जनवरीदेखि लागू हुनेछ। तस्बिर : एआई

बालबालिकाको मानसिक स्वास्थ्य, अनलाइन लत तथा डिजिटल जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको यो निर्णयलाई युरोपमै महत्वपूर्ण नीतिगत परिवर्तनका रूपमा हेरिएको छ।
यो कानून लागू भएसँगै सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिनेछ। यद्यपि उमेर परीक्षण प्रणाली कत्तिको प्रभावकारी र गोपनीयतामैत्री हुन्छ भन्ने विषयमा केही विज्ञ र अधिकारकर्मीले प्रश्न उठाएका छन्। तर फ्रान्स सरकारले प्रयोग गरिने अनलाइन उमेर प्रमाणीकरण प्रविधि सुरक्षित र भरपर्दो हुने दाबी गरेको छ।फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले संसद्को निर्णयको स्वागत गर्दै यसले बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। बालबालिकाको मानसिक स्वास्थ्यप्रति बढ्दो चिन्ताका बीच बेलायत र युरोपेली सङ्घले पनि यस्तै प्रकृतिका कानुनी व्यवस्था तयार गरिरहेको जनाइएको छ।















