लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीसूचना प्रविधि

आजको मौसम : तीन दिनसम्म भारी वर्षा हुने, बाढी–पहिरोको उच्च जोखिम

प्रहार समाचार । काठमाडौं, २ साउन २०७३ शनिबार । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी प्रणाली थप सक्रिय बनेसँगै आगामी तीन दिनसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने भएकाले बाढी, पहिरो र गेग्रान बहावको जोखिम उल्लेख्य रूपमा बढ्ने देखिएको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले वर्षा थप प्रभावकारी हुने अवस्था बनेको हो। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय र गेग्रान बहावको जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। यसका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ।

विभागका अनुसार शनिबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने अधिकांश पहाडी र तराई क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। रातिको समयमा पनि वर्षाको क्रम जारी रहने पूर्वानुमान गर्दै विभागले विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षासम्म हुन सक्ने भएकाले पछिल्ला मौसम बुलेटिन नियमित रूपमा पछ्याई सुरक्षित रहन सबैमा आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button