हेडलाईनसमाचारगण्डकी

लमजुङका दुई मुख्य सडकमा रात्रिकालीन सवारी सञ्चालन बन्द

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, २ साउन २०८३ शनिबार । बर्खायाममा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै लमजुङका दुई मुख्य सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा लगाइएको रोकको छ । गत असार १६ गते देखि ३१ गते सम्म लगाईएको रोकलाई साउन महिनाभर पुऱ्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङले एक सूचना मार्फत जानकारी गराएको छ । तस्बिर : एआई

जिल्ला सुरक्षा समिति लमजुङको निर्णय अनुसार डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत बेसीसहरदेखि मनाङ जिल्लाको सिमाना जगतभञ्ज्याङसम्म जाने–आउने सडक खण्डमा प्रत्येक दिन साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ। त्यसैगरी पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत सुन्दरबजार–भोर्लेटार सडकको विमिरे भञ्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ। प्रहरीका अनुसार मनसुन सक्रिय रहेकाले रातिको समयमा बाढी, पहिरो तथा सडक अवरोधका कारण यात्रु अलपत्र पर्नुका साथै मानवीय र भौतिक क्षति हुने जोखिम उच्च रहेकाले यस्तो निर्णय गरिएको हो।

जोखिम न्यूनीकरण तथा यात्रुको ज्यान सुरक्षालाई प्राथमिकतामा राख्दै रात्रिकालीन सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध कायम गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय लमजुङले अत्यावश्यक वा आपत्कालीन अवस्थामा मात्रै यात्रा गर्नुपर्ने अवस्था आएमा पूर्वजानकारी लिएर यात्रा गर्न आग्रह गरेको छ। साथै कुनै आपत्कालीन सहायता आवश्यक परेमा प्रहरी कन्ट्रोल रुम नम्बर १००, CUG नम्बर ९८५६०४५६९९ तथा सूचना अधिकारीको नम्बर ९८५६०८३३३३ मा सम्पर्क गर्न अनुरोध गर्दै मौसम तथा सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button