हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाका नगर प्रहरी प्रमुख परियारको राजीनामा

प्रहार समाचार । तनहुँ, २ साउन २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिकाका नगर प्रहरी प्रमुख आशिक परियारले पदबाट राजीनामा दिएका छन्। २०७५ वैशाख १२ गते नियुक्ति लिएर नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका परियारले आजदेखि लागू हुने गरी स्वेच्छिक राजीनामा दिएको जनाएक छन् ।

राजिनामा दिएपछि नगरपालिकाबाट औपचारिक रूपमा उनलाई आज विधाई गरिएको हो । पदबाट अलग हुने क्रममा परियारले सात वर्षको सेवाकाल आफूका लागि गर्वको विषय रहेको उल्लेख गर्दै यस अवधिमा साथ, सहयोग, मार्गदर्शन तथा रचनात्मक सहयोग पुर्‍याउने जनप्रतिनिधि, कर्मचारी तथा सबै सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

व्यास नगरपालिकामा काम गर्दाको अनुभव, माया र सम्झनाहरू सधैं जीवनभर प्रेरणा र मार्गदर्शनका रूपमा स्मरणीय रहने उनले बताएका छन्।राजीनामापछि व्यास नगरपालिकामा आयोजित एक कार्यक्रमबीच प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र हड्खले परियारलाई औपचारिक रूपमा बिदाइ गरेका थिए। कार्यक्रममा नगरपालिकाका कर्मचारी तथा नगर प्रहरीको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले परियारले नगर प्रहरी प्रमुखका रूपमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए।बिदाइ सन्देशमा परियारले व्यास नगरपालिकाका सम्पूर्ण कर्मचारी परिवार, जनप्रतिनिधि तथा नगरवासीप्रति कृतज्ञता व्यक्त गर्दै सबैको सुस्वास्थ्य, सुख, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन्। उनले व्यास नगरपालिकासँगको आफ्नो सम्बन्ध सदैव आत्मीय रहने उल्लेख गर्दै सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button