• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ३१ असार २०८३ बुधबार । लमजुङको बेँसीसहर नगरपालिका–८ नारायणस्थानस्थित फूलबारी दिदीबहिनी समूहको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन गोरखाको बारपाकमा हालै सम्पन्न भएको छ। अधिवेशनबाट खातुन मिया सर्वसम्मत रूपमा समूहको अध्यक्षमा निर्वाचित भएकी छन्।

त्यसैगरी प्रथम उपाध्यक्षमा घना धनाई, द्वितीय उपाध्यक्षमा सोबिता बोहोरा, सचिवमा दुर्गा खनिया, सहसचिवमा बालकुमारी बोहरा, कोषाध्यक्षमा सायरा मिया तथा सहकोषाध्यक्षमा शान्ता श्रेष्ठ निर्वाचित भएका छन्। अधिवेशनबाट बुद्धिका थापा, सीता थापा, दुर्गा थापा, नरमाया श्रेष्ठ, विमला श्रेष्ठ, विष्णु श्रेष्ठ, सरस्वती श्रेष्ठ, शान्ता बानियाँ, अमृता खत्री, सुनिता बस्नेत र बिनिता लामा सदस्यमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिले समूहलाई थप सक्रिय, संगठित र प्रभावकारी बनाउँदै महिलाको नेतृत्व विकास तथा सामाजिक गतिविधिलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रम बेँसीसहर नगरपालिकाकी कार्यपालिका सदस्य तथा समूहकी सल्लाहकार कल्पना थापा बोहराको प्रमुख आतिथ्यता र समूहकी अध्यक्ष निकिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

अधिवेशनमा समूहको वार्षिक प्रगति समीक्षा, आगामी कार्ययोजना तथा संस्थालाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ। नवनिर्वाचित कार्यसमितिले समूहको संस्थागत विकास, महिला सशक्तीकरण र सामुदायिक हितका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।















