हेडलाईनव्याससमाचारगण्डकीबागमती

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा तनहुँका पन्थ मनोनित

प्रहार समाचार । तनहुँ, २३ असार २०८३ मंगलबार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य प्रकाश पन्थ पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा मनोनित भएका छन्।प्रतिष्ठानका संयोजक एवं नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पन्थलाई प्रतिष्ठानको सदस्यमा मनोनित गरेका हुन्।

पन्थ नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रूपमा समेत सक्रिय छन्। पार्टीभित्र नीति निर्माण, अध्ययन–अनुसन्धान तथा कार्यकर्ता प्रशिक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले गठन गरिएको प्रतिष्ठानमा पन्थको मनोनयनलाई संगठनात्मक जिम्मेवारीका रूपमा हेरिएको छ।

प्रतिष्ठानले पार्टीको वैचारिक विकास, नीतिगत अध्ययन तथा प्रशिक्षणसम्बन्धी गतिविधिहरू सञ्चालन गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ। तनहुँका नेता पन्थ प्रतिष्ठानको सदस्यमा मनोनित भएपछि जिल्लाका कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button