शिक्षाहेडलाईनसमाचारगण्डकी

लमजुङका सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण

• विजय अधिकारी ( प्रहार संवाददाता) लमजुङ, २० असार २०८३ शनिबार । लमजुङको बेंसीसहर नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने भएको ग छ। ।

पालिकाले १ हजार ३ सय ९० छात्रालाई निः सेनेटरी प्याड वितरण गर्ने भएको हो । शैक्षिक वर्ष २०८३ का लागि संघीय सशर्त अनुदानअन्तर्गत ३ लाख १३ हजार ८ सय २९ रुपैयाँ खर्चेर १० हजार ५ सय प्याकेट सेनेटरी प्याड खरिद गरिएको नगरपालिकाले जनाएको छ। उक्त प्याड नगरपालिका भित्रका १६ वटा सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई वितरण गरिने लेखा अधिकृत सृजना पौडेलले जानकारी दिइन्।

वितरणअघि खरिद गरिएका सेनेटरी प्याडको नमुना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। नगर उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, लेखा अधिकृत सृजना पौडेल, शिक्षा अधिकृत सुन्दर खत्री, सहायक शिक्षा अधिकृत सुजना पाण्डे चिलुवाल, इन्जिनियर सजुमा घिमिरे, अस्पताल नर्सिङ निरीक्षक चाँदनी श्रेष्ठ, सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा अन्य सरोकारवालाको उपस्थितिमा परीक्षण गरिएको हो। परीक्षणका क्रममा प्याडको आकार, शोषण क्षमता (एब्जोर्बेन्सी), मोटाइ, गुणस्तर, टाँसिने भाग (एड्हेसिभ), प्याकेजिङ, उत्पादन तथा म्याद समाप्ति मिति र स्वास्थ्य तथा सरसफाइसम्बन्धी मापदण्डको पालना भए–नभएको परीक्षण गरिएको थियो।

नगर उपप्रमुख पद्मा गुरुङले छात्राको महिनावारी स्वास्थ्य तथा विद्यालयमा नियमित उपस्थितिलाई प्राथमिकतामा राख्दै निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिइएको बताइन्। उनले छात्रामैत्री शैक्षिक वातावरण निर्माण तथा महिनावारीका कारण हुने विद्यालय अनुपस्थितिलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पारिन्।

सहायक शिक्षा अधिकृत सुजना पाण्डे चिलुवालका अनुसार रजस्वला हुने अवस्थाका सबै छात्रालाई कार्यक्रमले समेट्नेछ। प्रधानाध्यापकमार्फत विद्यालयमा पुर्‍याइने सेनेटरी प्याड लैङ्गिक सम्पर्क शिक्षकमार्फत छात्रालाई वितरण गरिनेछ। प्रत्येक छात्राले महिनामा ३ प्याकेट प्राप्त गर्नेछन् भने प्रत्येक प्याकेटमा ८ वटा सेनेटरी प्याड रहनेछन्। नगरपालिकाका अनुसार कक्षा ६ देखि १२ सम्म अध्ययनरत १२ वर्ष वा सोभन्दा माथिका १ हजार ३ सय ९० छात्रा यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button