शिक्षाहेडलाईनव्याससमाचारगण्डकी

तनहुँको निर्मल मावि एसएलसी ब्याच २०४९ को प्रथम पुनर्मिलन सम्पन्न, क तिवारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन

प्रहार समाचार । तनहुँ,२० असार २०८३ शनिबार । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयको एसएलसी ब्याच २०४९ को प्रथम पुनर्मिलन कार्यक्रम आज सम्पन्न भएको छ। कृष्णप्रसाद तिवारीको अध्यक्षतामा आयोजित कार्यक्रममा परिचय तथा बन्द सत्र सञ्चालन गरिएको थियो।

सोममाया गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लामो समयपछि भेटिएका सहपाठीहरूले विद्यालय जीवनका सम्झना, बाल्यकालका अनुभव तथा पछिल्ला वर्षका जीवनयात्राका अनुभव आदानप्रदान गरेका थिए। परिचय सत्रको सञ्चालन बिन्दु पौडेलले गरेकी थिइन्।बन्द सत्रमा सदस्यता विस्तार, सम्पूर्ण ब्याचीलाई संस्थागत रूपमा जोड्ने विषय, भावी कार्ययोजना तथा संगठनलाई सक्रिय बनाउने विषयमा छलफल गरिएको थियो। कोषाध्यक्ष नविन वस्तीले आम्दानी–खर्च विवरण प्रस्तुत गरेका थिए। छलफलपछि कृष्णप्रसाद तिवारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

समितिको उपाध्यक्षमा देवेन्द्र श्रेष्ठ, सचिवमा बिन्दु पौडेल, कोषाध्यक्षमा नविन वस्ती, सहसचिवमा मिनबहादुर विक तथा सदस्यहरूमा बिमला भट्टराई न्यौपाने, अर्जुन गुरुङ, भुमा थापा, महेन्द्र राना, भैरब पन्थ र पशुपति श्रेष्ठ चयन भएका छन्।कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै व्यास–१३ का वडाध्यक्ष बसन्तबहादुर आलेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। निर्वाचन प्रक्रियाको सहजीकरण उदयराज तिमल्सिना, हरिबहादुर हड्खले, विष्णुकुमार श्रेष्ठ, खुनबहादुर दरै र बालकृष्ण अधिकारीले गरेका थिए भने बन्द सत्रको सञ्चालन ज्ञानेन्द्र जिसीले गरेका थिए।पुनर्मिलन कार्यक्रममा दमौली, पोखरा, गैँडाकोट, भरतपुर, काठमाडौं, बागलुङलगायत विभिन्न स्थानबाट ४३ जना सहपाठीको सहभागिता रहेको थियो।

बेलायतमा बसोबास गर्दै आएका हरिबहादुर हड्खलेले सहभागी सबैलाई मायाको चिनो प्रदान गरेका थिए भने आयोजकका तर्फबाट उनलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रममा विभिन्न समयमा दिवंगत भएका सहपाठीप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।कार्यक्रमको समापन गर्दै अध्यक्ष कृष्णप्रसाद तिवारीले उपस्थित तथा अनुपस्थित सबै सहपाठीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि आपसी सम्बन्ध, सहकार्य र एकतालाई अझ सुदृढ बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button