शिक्षाहेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास नगर समता विद्यालयलाई बेलायतबाट शैक्षिक सामग्री सहयोग

प्रहार समाचार । तनहुँ, १९ असार २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिका–७ नरङ्गास्थित व्यास नगर समता विद्यालयलाई अभिभावकविहीन, एकल अभिभावक तथा विपन्न विद्यार्थीहरूको शैक्षिक तथा सिकाइ वातावरण थप प्रभावकारी बनाउने उद्देश्यले बेलायतबाट आएका माइकल यान्ड्रेज सिनिआरसकीको सहयोगमा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयलाई ४ वटा इमर्जेन्सी लाइट, १ थान माइक्रोस्कोप तथा २५ दर्जन कापी प्रदान गरिएको विद्यालयले जनाएको छ।सहयोगदाता माइकल यान्ड्रेज सिनिआरसकीले शिक्षा नै समाज रूपान्तरणको सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले पनि गुणस्तरीय शिक्षामा समान पहुँच पाउनुपर्नेमा जोड दिए। विद्यालयमा उपलब्ध गराइएको शैक्षिक सामग्रीले विद्यार्थीहरूको पठनपाठन, प्रयोगात्मक सिकाइ तथा समग्र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम अनाथ फाउन्डेसन नेपाल (Orphan Foundation Nepal) का अध्यक्ष विष्णु पराजुलीको समन्वय तथा पत्रकार प्रदीप काफ्लेको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रम माबोल्दै विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले यस्ता सहयोगले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न टेवा पुग्ने उल्लेख गर्दै सहयोगदाता, समन्वयकर्ता तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे।कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालय परिवारले प्राप्त शैक्षिक सामग्रीले पठनपाठन र प्रयोगात्मक शिक्षालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै सहयोगदाता, समन्वयकर्ता तथा कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button