प्रहार समाचार । तनहुँ, १९ असार २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा सन्त तामाङ निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा तामाङले १ सय ७८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी रामकुमार गोशलीले ५९ मत प्राप्त गरेका थिए ।

निर्वाचन परिणामअनुसार अध्यक्षबाहेक अन्य पदाधिकारी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। उपाध्यक्षमा राजेश्वर हड्खले, सचिवमा विष्णुबहादुर बस्नेत, कोषाध्यक्षमा सहवीर उच्चै तथा सहसचिवमा शान्ता खवास निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी संस्थाको सदस्य पदमा सुरेन्द्र दरै, चन्द्रीदेवी तिवारी श्रेष्ठ, दिपा आचार्य, अप्सरा रानाभाट, श्रीभद्र कंडेल, सञ्जय गुरुङ, गङ्गाप्रसाद पोख्रेल र सोमनाथ पौडेल पनि निर्विरोध निर्वाचित भएका छन्। नयाँ कार्यसमितिले संस्थाको नेतृत्व आगामी कार्यकालभर सम्हाल्नेछ।
निर्वाचन समितिका संयोजक केशव भट्टराईका अनुसार निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको हो। अध्यक्ष पदमा मात्र मतदान भएको र अन्य सबै पदमा उम्मेदवार निर्विरोध चयन भएकाले नयाँ कार्यसमिति गठन भएसँगै संस्थाको आगामी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।



















