लुम्बिनीहेडलाईनसमाचार

जंगली बँदेलका लागि थापिएको विद्युतीय धरापमा परेर गुल्मीमा श्रीमतीको मृत्यु

प्रहार समाचार । गुल्मी, १७ असार २०८३ बुधबार । गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउने उद्देश्यले श्रीमान्‌ले थापेको विद्युतीय धरापमा परि श्रीमतिको निधन हुन पुगेको छ । तस्बिर : साङ्केतिक ए आई

प्राप्त समाचार अनुसार धुर्कोट गाउँपालिका–५ मन्टारी निवासी ६० वर्षीया हुमकला भण्डारीको आफ्नै श्रीमान् ६६ वर्षीय भेषराज भण्डारीले राखेको करेन्ट प्रवाह गरिएको धरापमा परेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार बालीमा जंगली बँदेलको क्षति रोक्न भेषराज भण्डारीले विद्युतीय तारमार्फत करेन्ट प्रवाह हुने व्यवस्था गरेका थिए। सोही धरापमा हुमकला भण्डारी परेपछि उनको ज्यान गएको हो। घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले विद्युतीय धराप प्रयोग गर्नु कानुनविपरीत र अत्यन्त जोखिमपूर्ण हुने भन्दै यस्ता उपाय अपनाउँदा मानव जीवनसमेत गुम्न सक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button