हेडलाईनभानुसमाचारगण्डकीस्वास्थ्य

तनहुँको भानु नगरका मेयरको गाडी डायलासिसका बिरामीको सेवामा

प्रहार समाचार । तनहुँ, १४ असार २०८३ आइतबार । तनहुँको भानु नगरपालिकामा सरकारी सवारीको उदाहरणीय प्रयोग गरिएको छ। सामान्यतया मेयर, उपमेयर वा जनप्रतिनिधिको सुविधाका लागि प्रयोग हुने सरकारी गाडी यहाँ भने मिर्गौला फेल भई प्रदेश अस्पताल दमौलीमा नियमित डायलासिस गराइरहेका चार जना बिरामीको सेवामा खटाइएको छ।

नगरप्रमुख आनन्दराज त्रिपाठीले आफ्नो लागि छुट्याइएको सरकारी गाडी प्रत्येक मंगलबार र बिहीबार बिरामीलाई घरबाट अस्पताल पुर्‍याउने र उपचारपछि पुनः घरसम्म सुरक्षित ल्याइपुर्‍याउने व्यवस्थामा प्रयोग गर्न निर्देशन दिएका हुन्। सरकारी सुविधा व्यक्तिगत विलासिताका लागि होइन, नागरिकको जीवन रक्षाका लागि पनि उपयोग गर्न सकिन्छ भन्ने सशक्त सन्देश यस कार्यले दिएको छ।

सरकारी सवारी चढ्न खासै रुचि नराख्ने मेयर त्रिपाठीको यो पहललाई जनप्रतिनिधिको सेवामुखी नेतृत्व र मानवीय संवेदनाको उदाहरणका रूपमा स्थानीयवासीले प्रशंसा गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button