हेडलाईनसमाचारभानुगण्डकी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलतामा जोड्दै तनहुँको भानु नगरपालिका

प्रहार समाचार । तनहुँ, ३ असार २०८३ बुधबार । तनहुँको भानु नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यमशीलतामा आबद्ध गराउने उद्देश्यसहित उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। चालु आर्थिक वर्षअन्तर्गत सञ्चालन हुन लागेको उक्त कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिलाई नगरपालिकाले निवेदन दिन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको हो।

नगरपालिकाका अनुसार विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, पूँजी, प्रविधि तथा अनुभवलाई उत्पादनशील क्षेत्रमा उपयोग गरी स्थानीयस्तरमै रोजगारी र स्वरोजगारी सिर्जना गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको हो। विदेशबाट फर्किएपछि अवसरको अभावमा पुनः वैदेशिक रोजगारीतर्फ धकेलिनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न कार्यक्रम केन्द्रित गरिएको जनाइएको छ।कार्यक्रममा सहभागी हुन भानु नगरपालिकाभित्र स्थायी बसोबास गर्ने वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिले असार ९ गतेभित्र निवेदन पेश गर्नुपर्नेछ।

निवेदनसँगै राहदानीको प्रतिलिपि र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई निष्क्रिय बस्नुभन्दा आफ्नै ठाउँमा उद्यम स्थापना गरी आत्मनिर्भर बन्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले जानकारी दिए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button