आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटघिरिङगण्डकीभिमादम्याग्देशुक्लागण्डकी

अर्थतन्त्रको यथार्थ चित्र खोज्दै आर्थिक गणना सुरु

प्रहार समाचार । तनहुँ, ३ असार २०८३ बुधबार । देशको अर्थतन्त्रको वास्तविक अवस्था पहिचान गरी तथ्यमा आधारित नीति तथा योजना निर्माणका लागि सरकारले आर्थिक गणना सञ्चालन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित सञ्चालन हुन लागेको गणनाले देशभर सञ्चालित उद्योग, प्रतिष्ठान तथा व्यवसायहरूको समग्र अवस्था उजागर गर्ने अपेक्षा गरिएको छ।

जिल्ला आर्थिक गणना कार्यालय तनहुँका अनुसार आर्थिक गणना २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुनेछ। गणनाको क्रममा देशभर रहेका उद्योग, व्यापार तथा व्यवसायका साथै शैक्षिक संस्था, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था तथा विभिन्न सेवाप्रदायक निकायहरूको विवरण सङ्कलन गरिनेछ।कार्यालयले आर्थिक गतिविधिको वास्तविक चित्र प्राप्त गर्न सम्बन्धित सबै व्यक्ति तथा संस्थालाई सही र यथार्थ विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

सङ्कलित तथ्याङ्कले रोजगारी, लगानी, उत्पादन, सेवा प्रवाह तथा आर्थिक गतिविधिको अवस्थाबारे स्पष्ट जानकारी दिने भएकाले विकास योजना तथा नीतिगत निर्णयमा महत्वपूर्ण आधार तयार हुने जिल्ला आर्थिक गणना जिल्ला आर्थिक गणना समन्वय समितिका सदस्य सचिव एवं आर्थिक गणना अधिकारी ऋषिराम सिग्देलले जानकारी दिए । तथ्याङ्क ऐन, २०७९ अनुसार गणनाका क्रममा प्राप्त हुने सबै विवरण पूर्ण रूपमा गोप्य राखिने कार्यालयले जनाएको छ। “सत्य–तथ्य विवरण दिऔँ, राष्ट्र निर्माणमा योगदान गरौँ” भन्ने नारासहित सञ्चालन हुन लागेको आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन जिल्ला आर्थिक गणना कार्यालय तनहुँले सबै सरोकारवालालाई आग्रह गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button