हेडलाईनव्याससमाचारगण्डकी

प्रहरी निरीक्षक पाठकको पोखरा सरुवा, तनहुँमा मनोज पाण्डे आउने

प्रहार समाचार । तनहुँ, २८ जेठ २०८३ बिहीबार । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी निरीक्षक शिवप्रसाद पाठकको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा सरुवा भएको छ। प्रहरी संगठनभित्रको नियमित जनशक्ति व्यवस्थापनअन्तर्गत पाठकलाई प्रदेश प्रहरी कार्यालयमा जिम्मेवारी दिइएको हो।तनहुँमा रहँदा प्रहरी निरीक्षक पाठकले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान तथा विभिन्न प्रहरी गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

 

उनको सरुवासँगै जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यसम्पादनको नयाँ जिम्मेवारी सम्हाल्न इलाका प्रहरी कार्यालय भोटेओडारबाट प्रहरी निरीक्षक मनोज पाण्डे आउने भएका छन्।प्रहरी स्रोतका अनुसार संगठनको नियमित सरुवा प्रक्रियाअनुसार पाठकलाई पोखरा पठाइएको र उनको स्थानमा पाण्डेलाई तनहुँमा खटाइएको हो।

पाण्डेले यसअघि भोटेओडार क्षेत्रमा रहेर सुरक्षा व्यवस्थापन तथा प्रहरी सेवामा अनुभव हासिल गरेका छन्। प्रहरी संगठनले समयानुकूल जनशक्ति परिचालन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न जिल्लामा सरुवा तथा पदस्थापन गर्दै आएको छ। तनहुँमा नयाँ जिम्मेवारी सम्हाल्न लागेका प्रहरी निरीक्षक पाण्डेसमक्ष जिल्लाको सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई थप सुदृढ बनाउने चुनौती र अवसर दुवै रहने अपेक्षा गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button