हेडलाईनसमाचारबागमतीसूचना प्रविधि

आजको मौसम : पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

प्रहार समाचार । काठमाडौँ, २५ जेठ २०८३ सोमबार । आज देशका विभिन्न भू–भागमा आज आंशिक बदलीदेखि वर्षासम्मको सम्भावना रहेको छ। जल तथा मौसम विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने अन्य अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

 

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ। बाँकी हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताइएको छ।यता मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको छ।

अत्यधिक गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।आज राति पनि कोशी प्रदेशलगायत हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ। कोशीका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली–पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button