हेडलाईनव्याससमाचारगण्डकी

तनहुँ कालिका मन्दिर परिसरमा प्रहरीद्वारा सरसफाइ

प्रहार समाचार । तनहुँ, २४ जेठ २०८३ आइतबार । जिल्ला प्रहरी कार्यालय तनहुँले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत व्यास नगरपालिका–४ स्थित कालिका मन्दिर जाने बाटो तथा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। आज बिहान जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको २१ जनाको प्रहरी टोलीले धार्मिक तथा सार्वजनिक स्थलको स्वच्छता कायम गर्ने उद्देश्यले मन्दिर जाने मार्ग र आसपासका क्षेत्रमा सरसफाइ गरेको हो।

 

कार्यक्रमका क्रममा बाटोमा रहेका फोहोर संकलन गरी वातावरण सफा र व्यवस्थित बनाइएको प्रहरीले जनाएको छ।प्रहरीले समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने तथा सार्वजनिक स्थलको संरक्षणमा नागरिकको सहभागिता अभिवृद्धि गर्ने लक्ष्यसहित यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सरसफाइ कार्यक्रमले स्थानीयवासी र मन्दिर दर्शनार्थीलाई स्वच्छ वातावरण उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त सरसफाइ कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै सामाजिक उत्तरदायित्वका यस्ता गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।

     

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button