हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

अवैध नदीजन्य पदार्थ बोकेका सवारीसाधनहरु तनहुँ प्रहरीद्वारा नियन्त्रणमा

प्रहार समाचार । तनहुँ, २३ जेठ २०८३ शनिबार । अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न पाँच वटा सवारीसाधनलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा शुक्लागण्डकी नगरपालिका–२ सुरौंदीघाट र शुक्लागण्डकी नगरपालिका–७ दोभानस्थित खैरेनिटार क्षेत्रबाट बिना कानुनी कागजात नदीजन्य पदार्थ ढुवानी गरिरहेका सवारीसाधनहरू नियन्त्रणमा लिएको हो। तस्बिर : Ai

 

प्रहरीका अनुसार विभिन्न मितिमा पक्राउ परेका ती पाँच सवारीसाधनलाई आवश्यक कारबाहीका लागि हिंजो शुक्लागण्डकी नगरपालिका पठाइएको थियो। नगरपालिकाले कानुन विपरीत नदीजन्य पदार्थ ढुवानी गरेको ठहर गर्दै प्रत्येक सवारीसाधनलाई १२ हजार रुपैयाँका दरले कुल ६० हजार रुपैयाँ जरिवाना गरेको छ।

जरिवाना रकम बुझाएपछि सवारीसाधनहरू छाडिएको जनाइएको छ। नदी तथा खोलाबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसारले वातावरणीय क्षति बढ्दै गइरहेका बेला तनहुँ प्रहरीले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेका अनुसार अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि जिल्लाभर नियमित अनुगमन र चेकजाँच अभियान जारी रहनेछ।

     

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button