आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकी

रास्वपाको तनहुँ जिल्ला प्रथम अधिवेशन जेठ २४ गते हुने

प्रहार समाचार । तनहुँ, २२ जेठ२०८३ शुक्रबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते आइतबार दमौलीमा हुने भएको छ। पार्टीको जिल्ला समितिले व्यास नगरपालिका–२ स्थित उद्योग वाणिज्य संघको सभाहलमा अधिवेशन आयोजना गर्न लागेको जनाएको छ। अधिवेशनको सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाइएको र जिल्लाभरबाट प्रतिनिधि तथा पार्टी कार्यकर्ताको सहभागिता रहने जनाइएको छ। अधिवेशनमार्फत जिल्ला संगठनलाई थप सुदृढ बनाउने, नयाँ नेतृत्व चयन गर्ने तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल गरिने कार्यक्रम रहेको छ।

महाधिवेशन प्रतिनिधि राजु दाहालका अनुसार अधिवेशन बिहान ९ः३० बजेबाट सुरु हुनेछ। कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ। अधिवेशनलाई सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको उनले बताए।“स्वच्छ राजनीति, सक्षम संगठन र समृद्ध नेपाल” भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशनले जिल्लामा पार्टीको संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। जिल्ला नेतृत्व चयनसँगै आगामी कार्ययोजना तय गर्ने प्रमुख उद्देश्यका साथ अधिवेशन आयोजना गर्न लागिएको रास्वपाले जनाएको छ।

 

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button