हेडलाईनव्याससमाचारगण्डकी

तनहुँमा आर्थिक गतिविधिको दायरा विस्तार, गणनामा १४ हजार ९ सयवढि प्रतिष्ठान समेटिए

प्रहार समाचार । तनहुँ, २१ जेठ २०३ बिहीबार । तनहुँ जिल्लामा सञ्चालनमा रहेका व्यवसाय तथा प्रतिष्ठानको सङ्ख्या विगतको तुलनामा उल्लेख्य रूपमा बढेको देखिएको छ । राष्ट्रिय आर्थिक गणनाअन्तर्गत हालसम्म १४ हजार ९ सय २३ प्रतिष्ठानको तथ्याङ्क सङ्कलन भइसकेको छ, जुन पहिलो आर्थिक गणना–२०७५ मा गणना गरिएका १२ हजार ४ सय ३३ प्रतिष्ठानभन्दा बढी हो ।

यसले जिल्लामा आर्थिक गतिविधि र उद्यमशीलताको दायरा विस्तार हुँदै गएको संकेत गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा आयोजित समन्वय कार्यक्रममार्फत हालसम्मको प्रगति समीक्षा गरिएको थियो । जिल्ला आर्थिक गणना कार्यालयका अनुसार आगामी असार ७ गतेसम्म सञ्चालन हुने स्थलगत तथ्याङ्क सङ्कलन अभियानमार्फत १७ हजार ३ सय ६६ प्रतिष्ठानको विवरण सङ्कलन गर्ने लक्ष्य राखिएको छ । हालसम्म लक्ष्यको ८६ प्रतिशत काम सम्पन्न भइसकेको जिल्ला आर्थिक गणना अधिकारी ऋषिराम सिग्देलले जानकारी दिए ।कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले जिल्लाभित्र सञ्चालनमा रहेका कुनै पनि प्रतिष्ठान गणनाबाट नछुटून् भन्ने उद्देश्यका साथ आवश्यक सहयोग, समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

साथै बाँकी अवधिमा आर्थिक गणनाबारे सर्वसाधारण र व्यवसायीलाई थप जानकारी दिन प्रचारप्रसारका गतिविधि बढाउने निर्णय समेत गरिएको छ ।प्रमुख जिल्ला अधिकारी तिवारीले बाँकी अवधिमा गणनाको गति थप तीव्र बनाइ लक्ष्य हासिल गरिने विश्वास व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजाल, प्रहरी उपरीक्षक टेकबहादुर कार्की, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख अशोक खनाल, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी तथा विभिन्न व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button