हेडलाईनसमाचारबागमती

राष्ट्रपति पौडेलद्वारा दुई विधेयक प्रमाणीकरण

प्रहार समाचार । काठमाडौँ, १८ जेठ २०८३ सोमबार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका दुईवटा विधेयक प्रमाणीकरण गरेका छन्। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले आइतबार उक्त विधेयकहरू प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार प्रमाणीकरण भएका विधेयकमध्ये ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ रहेका छन्। यी दुवै विधेयक संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएका थिए।राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २०८३ साल जेठ १७ गते आइतबार राष्ट्रपति पौडेलले उक्त विधेयकहरू प्रमाणीकरण गरेको उल्लेख गरिएको छ।

प्रमाणीकरणसँगै ती विधेयकहरू अब कानुन कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने बाटो खुलेको छ।निर्वाचन प्रणाली तथा मतदाता व्यवस्थापनसँग सम्बन्धित यी संशोधन विधेयकहरू प्रमाणीकरण भएपछि आगामी निर्वाचनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन कानुनी आधार सुदृढ हुने अपेक्षा गरिएको छ। सरकारले निर्वाचनसम्बन्धी कानुनलाई समयानुकूल बनाउन संशोधन प्रस्ताव संसद्मा दर्ता गरेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button