व्यासहेडलाईनसमाचारगण्डकीस्वास्थ्य

तनहुँका पाँच विद्यालयमा २२ सय विद्यार्थीको मुटु परीक्षण, शंकास्पद बिरामी काठमाडौं रिफर

प्रहार समाचार । तनहुँ, १४ जेठ २०८३ बिहीबार । तनहुँमा पाँच माध्यमिक विद्यालयका करिब २२ सय विद्यार्थीको मुटु परीक्षण गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँ शाखाको आयोजनामा तथा प्रतिष्ठानको केन्द्रीय कार्यालयको प्राविधिक सहयोगमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण कार्यक्रममा विद्यार्थीहरूको मुटुसम्बन्धी जाँच गरिएको हो । परीक्षणका क्रममा मुटुरोगको आशंका देखिएका विद्यार्थीलाई थप उपचारका लागि काठमाडौं सिफारिस गरिएको जनाइएको छ ।

प्रतिष्ठानका अनुसार निर्मल माध्यमिक विद्यालय, जनजागृति गंगा माध्यमिक विद्यालय, बाराही आवासीय माध्यमिक विद्यालय, शिव पञ्चायन माध्यमिक विद्यालय र जलदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको हो । विद्यालयमै पुगेर विशेषज्ञ टोलीले परीक्षण गरेपछि विद्यार्थी र अभिभावकसमेत लाभान्वित भएका छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा विद्यार्थीहरूको मुटुको अवस्था, धड्कन तथा अन्य स्वास्थ्य समस्या सम्बन्धी प्रारम्भिक जाँच गरिएको प्रतिष्ठानले जनाएको छ । केही विद्यार्थीमा थप उपचार आवश्यक देखिएपछि निःशुल्क उपचारका लागि काठमाडौं पठाउने व्यवस्था मिलाइएको बताइएको शाखा सभापति कृष्णचन्द्र पाण्डेले जनाए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा विद्यार्थीहरूको मुटुको अवस्था, धड्कन तथा अन्य स्वास्थ्य समस्या सम्बन्धी प्रारम्भिक जाँच गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले स्थानिय तहबाटै स्वास्थ्य परीक्षण अभियान सञ्चालन गर्दा मुटुरोगको जोखिम समयमै पहिचान गर्न सहयोग पुगेको जनाएको छ । सभापति पाण्डेले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button